|

भारतले  काश्मीरको विशेष दर्जा खारेज गरेपछि भारत र पाकिस्तानबीच विवाद चरमचुलीमा छन। भारत–पाकिस्तानबीच कुटनीतिक सम्बन्धमा व्यापक कटौती भएको छ र भने व्यापार सम्बन्ध पूर्णतः रोकिएको छ। यसैबीच पाकिस्तानी सेना प्रमुखको कार्यकाल आगामी तीन वर्षका लागि थप गरिएको छ।

पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले दुई महिनापछि स्वतः अवकाशमा जाने लागेका सेना प्रमुख जनरल कमार जावेद बाजवाको पदावधी आगामी तीन वर्षका लागि थपेका हुन्।

भारतले काश्मिरलाई केन्द्र सरकार मातहत राख्ने निर्णय र अमेरिकी प्रशासनले शान्ति सम्झौता गरी अफगानिस्तानबाट अमेरिकी सेनालाई फिर्ता लान खोजिरहेका समय पाकिस्तानले सोमबार आफ्ना सैन्य प्रमुख जनरल बाजवाको पदावधि थपेको हो।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कार्यालयद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’जनरल कमार जाभेद बाजवा आगामी आगामी तीन वर्षका पुनः सेना प्रमुखका रूपमा रहनेगरी नियुक्त गरिएको छ । निर्णय क्षेत्रीय सुरक्षा वातावरणलाई मध्यनजर गर्दै लिइएको छ।‘

पदावधि थपबारे पाकिस्तानी सैनिक प्रवक्ताले पनि पुष्टि गरेका छन् यसलाई राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यावश्यक निर्णयका रूपमा पाकिस्तानले उल्लेख गरेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.