|

काठमाडाैं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग  एक लाख घुस लिएको आरोपमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, गोंगबुमा कार्यरत चार प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ। 

दुर्घटना सिफारिस दिएबापत सेवाग्रहीसँग घुस लिने प्रहरी जवानहरू देवेन्द्र बलायर, आकाश खनाल, निरज भण्डारी र हिटलर साउदलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा प्रहरी जवान खनाल र भण्डारी घुस लिने कार्यमा प्रत्यक्ष संलग्न रहेको नदेखिएकाले हाल उनीहरूलाई मुद्दा नचलाई साक्षीका रुपमा राखिएको आयोगले जनाएको छ। 

प्रहरी जवान बलायर र साउदलाई जनही एक/एक लाख बिगो माग गर्दै साेमबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.