|

काठमाडौं : उच्च अलदालत पोखराका न्यायाधीश जीवनहरि अधिकरीले पदबाट राजीनामा दिएका छन्।

गोर्खा ब्रुअरीको कर निर्धारणसम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गरेपछि न्यायपरिषद्ले तीन न्यायाधीशमाथि छानबीन जारी राखेको थियो। छानबिन समितिमा आफ्नो जवाफ दिएपछि न्यायाधीश अधिकारीले राजीनामा दिएको खबर गोरखापत्र दैनिकले लेखेको छ।

अकिारीले छानबिन प्रक्रियाको सहजताका लागि राजीनामा दिएको बताए। उनले भने ‘क्षेत्राधिकारविपरीत आदेश भएको आरोप लगाइएको छ तर प्रचलित संविधानअनुसार नै हामीले मुद्दा हेरका हौं। भोलि छानबिनले त्यसमा उपुयुक्त निष्कर्ष निकाल्ने नै छ। आरोप खपेर सधैँ बसिरहन मन लागेन। मेरो विगत के हो? कस्तो कार्यसम्पादन गर्ने व्यक्ति हो धेरैले जान्दछन्। मैले छानबिन समितिमा आफ्ना कुरा राखेँ, अनि राजीनामा दिएँ।’ अधिकारी न्यायपरिषद्का पूर्वसचिवसमेत हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.