|

भद्रपुर (झापा) :  टाउकोमा फलामको हम्मरले प्रहार गरी गम्भीर घाइते एक वृद्धको मृत्यु भएको छ। 

मेचीनगर नगरपालिका–९ कृषि फारम बस्तीका ६३ वर्षीय तेजबहादुर लिम्बुले सोही ठाउँका ६५ वर्षीय प्रेम लोकान्द्रीलाई हम्मरले हानी गम्भीर घाइते बनाएका थिए। उनको बिर्तामोडस्थित बि एण्ड बि अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार गत साउन ३१ मा मादक पदार्थ सेवन गरेका तेजबहादुरले प्रेमको टाउकोमा फलामको हम्मरले प्रहार गरेका थिए।

प्रेममाथि किन आक्रमण भयो भन्ने अझै नखुलेको प्रहरीले बताएको छ। घटनामा संलग्न तेजबहादुरलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.