|

पोखरा : डेंगुको संक्रमण बढ्न थालेपछि पोखरामा चिकित्सकले सजगता अपनाउन आग्रह गरेका छन्। गत साउन १ देखि भदौ २ गतेसम्म १२१ जनामा डेंगुको संक्रमण भइसकेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका सूचना अधिकारी डा. भोजराज गौतमले जानकारी दिए। 

‘अहिले लामखुट्टेको सिजन छ। बर्खायाम पानी जताततै जमेको छ। डेंगु सार्ने लामखुुुुट्टेको विकास भएको छ,’ उनले भने, ‘पोखरा महानगरको वडा नम्बर ८, ९ डेंगुको कारण अति जोखिम क्षेत्र हो। यी क्षेत्रमा धेरै मोटर ग्यारेज, वर्कसप, थोत्रा टायरहरु फालिएको र कवाडी संकलकहरुको व्यवस्थित संकलन नगर्दा डेंगु बढेको छ।’ 

कवाडी संकलन केन्द्र, टायरहरु अहिले पोखरामा डेंगु सार्ने लामखुट्टेको बासस्थान भएको डा. गौतमले बताए। त्यो क्षेत्रमा धेरै खाल्डाखुल्डी र त्यहाँ पानी जम्ने समस्याले पनि समस्या निम्त्याएको उनको भनाइ छ।

डेंगुको बिरामी दिनानुदिन बढ्न थालेपछि सचेतनाको कार्यक्रमहरु गरिएको थालिएको छ। ‘अहिले पनि दैनिक पाँच÷सात जना डेंगुको संक्रमित थपिएकै छन्। यो अवस्था बढ्दै गए भयाभह रुप लिने देखिन्छ,’ डा. गौतमले भने, ‘अहिले मेडिकल कजेलका विद्यार्थीहरुको सहयोगमा लामखुट्टेको बासस्थान नष्ट गर्ने, सचेतनाका कार्यक्रमहरु गर्ने गरिएको छ। हामीले पनि समुदायका मानिसहरुसँग भेटेर यसबारेमा जानकारी गराउने, कसरी जोगिने भनेर बताएपछि अझै केही कम भएको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.