|

उदयपुरः कटारी नगरपालिकामा आगामी महिनामा आयोजना गर्न लागिएको महोत्सव नै विवादमा परेको छ। आगामी असोज ११ गतेदेखि १७ गतेसम्म आयोजना गर्न लागिएको महोत्सवनै विवादमा परेको हो।

प्रथम कटारी ऐतिहासिक पर्यटन तथा संस्कृतिक महोत्सव’ नै विवादमा परेको कटारी नगरपालिकाले जानकारी दिएको छ ‘प्रमुख ज्ञानेन्द्र श्रेष्ठले एकलौटी रुपमा मनोमानी ढंगले महोत्सव सञ्चालक समिति बनाएर महोत्सव आयोजना गर्न लागेका छन’ नाम नखुलाउने शर्तमा एक कटारी नगरकार्यपालिका प्रतिनिधिले भने, ‘मेयरको एकलौटी निर्णयले उपमेयर, प्रमुख प्रशासकीय अधिकृत सहितको टोली रुष्ट बनेको छ।’

कार्यपालिकाको बैठकनै नराखिकन मेयरले महोत्व आयोजना गर्न लागेपछि विवाद परेको उनले बताए। कटारी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद आर्याले केही दिन भित्र कार्यापालिकाको बैठक राखेर सहमति भए मात्र महोत्सव आयोजना गर्ने प्रक्रिया अघि बढाउने बताए।

‘पहिला नै कार्यापालिकाको बैठकबाट निर्णय भई नगरसभाबाट पास भएको कार्यक्रम हो’, उनले भने, ‘अहिले मेयर मात्र महोत्सवको पक्षमा छन। अन्यले विरोध गरिरहेकाले पुन बैठक राखेर सहमति भए मात्र महोत्सव गर्ने प्रक्रिया अघि बढ्ने छ।’

तत्कालिन मेयरले घोषणा गरेको समयमा महोत्सव नहुने उनले बताए। महोत्सवमा आफ्नो कुनै पनि सहमति नरहेको र उपयुक्त समय पनि नभएको भन्दै महोत्सवको नाममा नगरपालिकाले खर्च गर्नुक सट्टा बाढी पीडित क्षेत्रमा खर्च गर्नु पर्ने नगर उपप्रमुख भिमकुमारी राउतले बताइन।

‘कटारी नगरपालिकामा बाढी पहिरोमा परेका ग्रामीण सडक अझै खुलेका छैनन। अहिले महोत्सव जस्तो कुरा यति छिट्टै गर्नु पनि हुँदैन’. उनले भनिन, ‘विधि र प्रक्रिया पुगेको कार्यक्रम भएपनि अहिले महोत्सव गर्ने समय भएको छैन।’

पुस, माघ र फागुन महिनामा महोत्सवको आयोजना गर्दा उपयुक्त हुने राउतको सुझव पनि छ। नगरप्रमुख श्रेष्ठले महोत्सव सञ्चालक समिति समेत गठन गरिसकेपछि उद्योगी, व्यवसायीले समेत विरोध जनउँदै आएका छन।

नगरपालिकाकाले ‘प्रथम कटारी ऐतिहाँसिक पर्यटन तथा संस्कृतिक महोत्सव’ अयोजना गर्ने भनिएको सुनेपनि छलफल नभएको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले बातए। ‘हामीसँग नगरपालिकाले कुनै पनि छलफल गरेको छैन’, अध्यक्ष खड्काले भने, ‘मेयरले मात्र एका एक महोत्सव आयोजना गर्न लागेको जानकारी पायौं।’

नगरपालिका मेयर ज्ञानेन्द्र श्रेष्ठले जसरी भएपनि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ल्याएर महोत्सवको उद्घाटन गर्ने बताएका छन। ‘नगर कार्यपालिकाबाट १५ लाख बजेट पनि विनियोजन भइसकेको छ, त्यसलाई नगरसभाले समेत अनुमोदन गरिसकेको छ’, उनले भने, ‘महोत्सव सञ्चालक समिति पनि गठन भएकाले महोत्सव आयोजना रोकिने अवस्था छैन।’

महोत्सव सञ्चालक समिति समेत कटारी क्षेत्रमा स्थायी घर भएका केही स्थानीय कलाकारलाई समेटिर बनाएको महोत्सव सञ्चालक समितिका उपाअध्यक्ष शिव थापामगरले जानकारी दिए।

‘मेयरसावको निर्देशनमा ‘प्रथम कटारी ऐतिहासिक पर्यटन तथा संस्कृतिक महोत्सव संचालक समिति काठमाडाैंमै बनेको हो', उनले भने, ‘अहिले धेरै विवाद भइरहेको छ। संचालक समितिदेखि महोत्सव आयोजना गर्ने समय समेत असोज महिना उपयुक्त नभएको गुनासो मेयरसा'व भन्दा अन्य जनप्रतिनिधिले गर्नु भएको छ।’

उनका अनुसार महोत्सव सञ्चालक समिति अध्यक्षमा टेकबहादुर मगर अध्यक्ष, शिव थापामगर उपाअध्यक्ष, नेत्र राई सचिव, कल्पना विक कोषअध्यक्ष, दिपक तामाङ सहसचिव र सदस्यहरूमा गर्वनारायण पुलामी मगर र पूर्णबहादुर विक रहेका छन।

सञ्चालक समितिका सवै कटारी क्षेत्रका स्थानीय कलाकार भएको उपाध्यक्ष थापा मगरको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.