|

चितवन :  रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्किलाई आज जिल्ला अदालतमा पेश गरिएको छ । पहिलो पटक दिइएको पाँच दिनको म्याद सकिएपछि उनीहरुलाई पुनः अदालतमा पेश गरिएको हो। 

सुरुमा सरकारी वकीलको कार्यालयमा लगेर रविको बयान लिएपछि उनीहरुलाई जिल्ला अदालतमा लगिएको हो । 

उनीहरुमध्ये आज पनि रवि लामिछानेको बयान लिइएको हो। यसअघि सोमवार युवराज कँडेल र अस्मिता कार्कीको बयान लिइएको थियो। 

दिउँसो पौने २ बजे उनीहरु तीनैजनालाई जिल्ला अदालत लगिएको छ । म्याद थप्ने वा नथप्ने भन्ने टुंगो साँझसम्मा अदालतले लगाउने छ। 

गत साउन २० गते भरतपुरको एक होटलमा पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। पुुडासैनीले रविसहितका ३ जनाको नाम लिएपछि उनिहरु पक्राउ परेका थिए। 

रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतबाट पक्राउ पूर्जी जारी गराएर प्रहरीले गत बिहीबार पक्राउ गरेको थियो। चितवन जिल्ला अदालतले बिहीबारदेखि लागू हुने गरी शुक्रबार पाँच दिनसम्म थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो।

तर अहिले भिडियो शालिकरामकै रहेको पुष्टि भएको छ। पोस्टमार्टमको पूर्ण प्रतिवेदन पनि चितवन प्रहरीकहाँ पुगेको छ। त्यसैगरी शालिकरामले नाइलनको डोरी किन्न गएको पसलको सिसिटिभी फुटेज प्रहरीले फेला पारिसकेको छ। 

अबको सम्भावना 

आत्महत्या गर्न दरुत्साहन गरिएको भनी पुडासैनीका परिवारले दर्ता गराएको मुद्दामा अदालतले म्याद थप्ने या नथप्ने निर्णय आज दिने छ। रविसहित तीनैले शालिकराम पुडासैनीलाई मर्न बाध्य बनाएकोबारेमा प्रहरीले प्रमाण बटुलिरहेको छ। 

यस प्रकरणमा सरकारी वकीलले अदालतसमक्ष मुलुकी अपराध संहिता ऐन, २०७४’ को दफा १८५ बमोजिम हदैसम्मको सजाय माग्दै मिसिल पेश गर्नेछन्। यो दफामा ५० हजारसम्म जरिवाना र पाँच वर्षसम्म कैदको व्यवस्था छ। 

प्रहरीले पर्याप्त प्रमाण पेश गर्न नसकेको अवस्थामा अदालतसँग यसको मुद्दा नै अघि नबढाउने पनि विकल्प हुन सक्छ। यदि प्रहरीले राम्ररी तथ्य प्रमाण संकलन नगरेको भेटिएमा सरकारी वकीलले नै मुद्दा अगाडि नबढाउने निर्णय पनि लिन सक्छन्। त्यसैगरि प्रहरीले प्रमाण नपुगेको भन्दै राय सुझावसहितको प्रतिवेदन दिए पनि जिल्ला न्यायाधीवक्ताले मुद्दा चलाउने ठहरसहित दर्ता गराउन पनि सक्ने सम्भावना उत्तिकै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.