|

अहिले गुफा भालु लोप हुँदै गएका छन्। ५० हजार वर्षयता जतिबेला मानिसको प्रजाति होमोसेपिन्सहरूको युरोप र एसिया आगमनसँगै गुफा भालुहरू लोप भएको वैज्ञानिकहरूको भनाइ छ।

पछिल्लो अनुसन्धानले जलवायु परिवर्तनभन्दा पनि मानवीय गतिविधिका कारण गुफा भालुहरू संकट परेको देखाउँछ। गत बिहीबार एक जर्नलमा प्रकाशित वैज्ञानिक प्रतिवेदनले विगत ५० हजार वर्ष पहिलेबाट गुफा भालुको संख्या घटदै गएको दाबी गरिएको छ।

पूर्वी युरोपमा होमोसेपिन्सको आगमनपछि प्रागैतिहासिक (लिखित इतिहासभन्दा पहिलेको अवधी) गुफा भालुहरू निरन्तर घटदो छन्। प्रकाशित रिर्पोटले हिउँ पग्लनुको सट्टा मानवीय गतिविधिका कारण साकाहारी प्रजाति लोप भएसँगै भालुहरूको संख्यामा पनि कमी आएको ठहर्‍याएको छ।

अनुसन्धानकर्ताहरूले जर्मनी, इटाली, फ्रान्स, पोल्यान्ड, सर्विया, स्पेन र स्विजरल्यान्डका विभिन्न १४ स्थानका ५९ गुफामा पछिल्लो गतिशिलताबारे अध्ययन गरेका थिए। गुफाहरूमा पाइएका अस्थिपञ्जरलगायतको डिएनए परीक्षणपछि अनुसन्धानकर्ताहरू निष्कर्षमा पुगेका हुन्।

उसर्स स्पेलस वैज्ञानिक नामकरण गरिएको गुफा भालु बरफ युगमा गुफा सिंह, उनी गैँडा र उनी म्याम्थज जस्ता जनावारहरूसँग बाँचिरहेको थियो। ध्रुवीय भालु जतिकै ठूलो यो प्राणी शाकाहारी थियो।

वयस्क पुरुष भालुको तौल १ हजार पाउन्ड र महिलाको करिव आधा थियो। ५० हजार वर्ष पहिले मानिसहरू युरोपमा बस्न सुरु गरेका थिए। त्यसको १० हजार वर्षपछि मानिसहरू महाद्वीपको एक स्थानबाट अर्को स्थानमा छुटिएर बस्न सुरु गरेपछि गुफा भालुको संख्यामा गिराबट आउन सुरु भएको अनुसन्धानकर्ताहरूको भनाई छ। २० हजार वर्ष पहिलेबाट गुफा भालुहरू लोप भएका थिए।

लोप हुनुको मुख्य कारण चिसो मौसम की मानवीय कार्य?

जर्मनीको टाविजेन विश्वविद्यालयका जीवशास्त्रविद् हर्वे बोचेरेन्स मानवीय कार्यका कारण भालुहरू लोप हुँदै गएको बताउँछन्।  ‘आज र लगभग ५० हजार वर्ष अघिदेखि यस ग्रहको चारैतिर फैलिएका ठूला स्तनपायी प्राणीहरूको गिरावट र लोप हुनेमा आधुनिक मानवहरूले निर्णायक भूमिका खेलेको धेरै प्रमाण छन्’ उनले भने।

‘यो केवल यी स्तनपायी जन्तुहरू लोप हुनको लागि मात्र भएन। मुख्य प्रजातिहरू जस्तै धेरै ठूला शाकाहारी प्राणीहरूको जनसांख्यिकीय गिरावटको कारणले गर्दा पर्यावरणीय प्रणालीमा असर पर्दै गयो र थप लोप हुने अवस्था सिर्जना भयो’ उनले थपे।

वैज्ञानिकहरू लामो समयदेखि गुफा भालु लोप हुनुमा चिसो जलवायुको परिणामले उनीहरूको आहारमा कमी ल्याएको हो की मानवीय सिकार र गुफा अतिक्रमण भन्ने विषयमा बहस गरिरहेका थिए। अनुसन्धानमा संलग्न ज्युरिच विश्वविद्यालयका प्लाजेनेटिक विज्ञ भेना शुएमेनले गुफा भालुको गिरावटको पूर्वानुमानमा मौसमको चिसो हालको हिउँ युगसँग सम्बन्धित रहेको बताए। उनले भालुको जनसंख्या दुई लामो चिसो हिस्सा र अन्य चियो अवधीमा स्थिर रहेको बताए।

अध्ययनको दाबी छ की, होमोसेपिन्स जो ३ लाख वर्षभन्दा पहिले अफ्रिकामा उत्पती भएको थियो। त्यसपछि विश्वभर फैलदै गएपछि युरेसिया, अमेरिका तथा अष्ट्रेलियामा सयौ प्रजातिका लागि प्रलय बनेर प्रस्तुत भएका थिए। होमोसेपिन्स आउनुभन्दा पहिला गुफा भालुहरूको आवादी बलियो थियो।

उनीहरू मानव प्रजाति निएन्डरथल्स (जो ४ लाख वर्षदेखि ४० हजार वर्षसम्म अस्तित्वमा रहेका थिए) सँग मिलेर बसेका थिए। तर, होमोसेपिन्स युरेसियामा प्रवेश गरेसँगै निएन्डरथल्ससमेत लोप भएर गएको वैज्ञानिकहरूको भनाई छ। (एजेन्सीको सहयोगमा तयार पारिएको)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.