|

सर्लाही : नेपाल सरकारले असारदेखि भदौसम्म तीन महिना नदीजन्य सामग्रीको उत्खननमा रोक लगाए पनि रौतहट र सर्लाही सीमा भएर बग्ने बागमती नदीमा व्यापक रूपमा दोहन भइरहेको छ।

सरकारी बन्देजको वेवास्ता गर्दै सर्लाहीको बागमती र बरहथवाको सिमानामा पर्ने बागमती नदीको दर्जनौ ठाउँबाट दैनिक सयौँ टयाक्टर ढुंगा,गिट्टी, वालुवा उत्खनन भइरहँदा पनि स्थानीय सरकार र प्रशासन मौन छ। बागमती नगरपालिकाको जिरायत टेकानीघाट, रामपुरघाट, लालबहादुर टोलघाट र बरहथवा नगरपालिकाको खर्सालघाट, सोह्रसयगाँउ र हजरियाबाट दैनिक सयभन्दा बढी ट्याक्टर र टायरगाडाबाट गिट्टी, वालुवा र ढुंगा उत्खनन भइरहेको छ।

अवैध रूपमा उत्खनन गरि निकालिएका नदीजन्य सामग्री ढुंगा खोलाकै बगरमा भण्डारण गरेका छन्। प्रतिबन्ध हटेपछि व्यापारीहरूले महँगोमा बिक्री गर्ने स्थानीय गोविन्द क्षेत्रीले बताए। तर, कार्कीका अनुसार घरायसी कामका लागि एक गाडा वालुवा ल्याउँदा प्रहरीले रोक्ने गरेको बताए।

यतिखेर नदी नजिकै रहेका गाउँका स्थानीय र ठेकेदारहरूले दादागिरीशैलीमा नदीजन्य सामाग्रीको उत्खनन गरिरहँदा पनि सम्बन्धित निकाय भने मौन रहेको स्थानीयवासी बताउँछन्।

तस्करहरूले खोलाबाट विभिन्न साधन प्रयोग गरी नदीजन्य वस्तु निकाल्नाले बागमती नगरपालिकाको ५, ६, ७ र बरहथवा नगरपालिका १ र ३ वडामा सयौँ बिगाहा जमिन कटान भएको र बागमती खोलाको तटीय क्षेत्रमा रहेका दर्जनौ वस्ती नै डुवानको जोखिममा रहेको बरहथवा–१ का वडाध्यक्ष रत्नबहादुर गिरीले चिन्ता ब्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.