|

जनकपुरधाम : लापरबाही गरी बिरामीको ज्यान लिएको भन्दै विद्यार्थीले जनकपुर प्रदेशिक अस्पतालका डाक्टर आनन्द झालाई कारबाहीको माग राख्दै मंगलबार जनकपुरमा प्रदर्शन गरेका छन्।

महोत्तरीको पिपराका २१ वर्षीय कुन्दन झाको उपचारको क्रममा आइतबार जनकपुर अस्पतालमा मृत्यु भएको थियो। ज्वरोसँग पेट दुखेपछि जनकपुरस्थित डेफोडिल्स पब्लिक स्कुलमा कार्यरत शिक्षक झा शनिबार साँझ अस्पताल भर्ना भएका थिए। आइतबार बिहानै अचानक स्वास्थ्य बिग्रेको भन्दै डाक्टरले बाहिर लग्न सुझाव दिएको केहीबेरमै उनको मृत्यु भएको थियो।

अस्पतालको आइसियु कक्षमा तीनवटा बेड खाली रहे पनि भर्ना नगरेका कारण शिक्षक झाको मृत्यु भएको भन्दै उपचारमा संलग्न डाक्टर आनन्द झालाई कारबाही हुनुपर्ने माग राख्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्। स्कुल परिसरबाटै विद्यार्थीले प्रदर्शन सुरु गरेका थिए। उनीहरू जनकपुरको विभिन्न चोक पुगेर डाक्टर आनन्द झा र प्रादेशिक अस्पतालविरुद्ध प्रदर्शन गरेका हुन्।

यता, अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. नागेन्द्र यादवले पीडित परिवारले लापरबाही गरेको आरोप लगाएपछि अनुसन्धान भइरहेको र दोषी देखिए उपचारमा संलग्न डाक्टरलाई कारबाही हुने प्रतिबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.