|

काठमाडौं : अमेरिकाको न्यूयोर्कमा आयोजित ब्लक पार्टी, स्ट्रिट फेस्टिवलमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार गरिएको छ। क्वीन्स नेप्लिज लायन्स क्लबले फेस्टिबलमा स्टल नै राखेर भिजिट नेपाल-२०२० बारे प्रचार गरेको हो ।

कार्यक्रममा नेपालको परिचयका साथै भ्रमण वर्षबारे पर्चा, पम्प्लेट र पुस्तिकासमेत बाँडिएको क्वीन्स नेप्लिज लायन्सका अध्यक्ष पुरुषोत्तम पन्थीले जानकारी दिए।

प्रचार सामग्रीमा विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका स्थान, ट्रेकिङ, साहसिक खेल, राष्ट्रिय निकुञ्ज, बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथा, विभिन्न ताल, मुक्तिनाथलगायतबारे जानकारी राखिएको थियो।

कार्यक्रममा क्लबका अध्यक्ष पन्थीले सिनेटर रामोस र उनको टिमलाई नेपाल भ्रमण वर्षबारे जानकारी गराउँदै सहयोगका लागि आग्रहसमेत गरेका थिए। न्यूयोर्क सबैभन्दा धेरै आप्रवासिको बसोबास रहेको ठाउँ हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.