|

काठमाडौं :  सिम्रिक एयरलाइन्सको जहाज उडानमा रोक लगाइएको छ। नेपाल नागरिक उड्यन प्राधिकरणले एयरलाइन्सको उडानमा रोक लगाएको हो। 

प्राधिकरणले स्वीकृत नगरायएका पाट पूर्जा प्रयोग गरेको भन्दै उडानमा रोक लगाउने निर्णय लिएकव हो। यसअघि पटक पटक ध्याकर्षण गराउँदा पनि सुधार हुन नसकेको भन्दै उडानमै रोक लगाइएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए। 

यसअघि पनि मनोमानी पाट पूर्जा प्रयोग गरेको पाइएको थियो। अहिले पुन भेटिएपछि रोक लगाएका हौँ' पोखरेलले थाहासँग भने। पाटपुर्जा मनोमानी प्रयोग गर्दा हवाइ सुरक्षामा गम्भीर असर गरेको पोखरेलको भनाई रहेको छ।

उडानमा रोक लगाएसँगै सिम्रिकका पाँच वटा जहाज ग्राउण्डेड भएका छन्। सिम्रिककले काठमाडौंबाट भरतपुर, पोखरा र भैरहवा उडान गर्दै आएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.