|
फाइल फोटो

काठमाडौं : ललितपुरको झरुवारासीमा रहेको गुरायाँ फुड प्रोडक्ट कारखानामा भीषण आगलागी भएको छ। चिजवल उत्पादन गर्ने कारखानामा बिहान साढे ११ बजेदेखि लागेको आगो साँझ ५ बजे मात्रै नियण्त्रणमा लिइएको प्रहरी हवल्दार बालकृष्ण खत्रीले जानकारी दिए।

करेन्ट सर्ट भएर लागेको आगोले झण्डै १२ करोडको नोक्सान भएको उद्योग संचालकले दावी गरेका छन्। महेन्द्र राज सुवाल, संगीता ढंगोल र गुरभेज गुरायाँले संचालन गरेको कारखानामा लागेको आगो काठमाडौं, ललितपुर, नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको सहायतामा निभाइएको प्रहरी हवल्दार खत्रीले बताए। आगालागीबाट भएको क्षतिको पूर्ण विवरण भने अहिले संकलन भइरहेको खत्रीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.