|

काठमाडौं :  नागरिक अभियन्ता डाक्टर सुन्दरमणि दीक्षितले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन सरकारको ध्यानाकर्षण गराएका छन्। 

मंगलबार रिपोर्टस क्लबलेको साक्षात्कारमा बोल्दै उनले सरकार प्रमुखको स्वास्थ्यबारे सर्वसाधरणलाई जानकारी नगराइएको गुनासो गरे। 

उनले उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्रीलाई डाक्टरले के भने र किन फेरि जाँदैछन्? जानकारी जनताले पाउनुपर्ने तर्क गरे। 'उहाँलाई केही भईदियो भने नेपालको अवस्था खराब हुन्छ। हामीले थाहा पनि नपाउने?', उनले भने, 'यसबारे जान्न पाउनु हाम्रो हक हो, जानकारी दिनु उनको दायित्व।'

नागरिक अभियन्ता दीक्षितले उच्च प्रविधियुक्त वर्तमान अवस्थामा औषधिको मात्रा मिलाउन मात्रै प्रधानमन्त्री सिंगापुर जाने कुरा विश्वास गर्न नसकिने भन्दै उने यथार्थ जानकारी गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

'हामीलाई जानकारी चाहियो । विज्ञप्ती चाहियो एक्ज्याक्ट्ली  के भएको हो ?', उनले प्रश्न गरे, 'आम नागरिकको हक हो यो । उहाँको अगाडिको भविष्य के छ? हामीले थाहा पाउनुपर्छ ।'

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डाक्टर राजन भट्टराईले प्रधानमन्त्री दैनिक भेटघाट र बैठकहरुमा सहभागी हुँदै आएकाले स्वास्थ्य अवस्थाबारे चिन्ता लिइहाल्नुपर्ने स्थिति नरहेको बताए।

केही दिनअघि मात्रै स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएका प्रधानमन्त्री फेरि स्वास्थ्योपचारकै लागि सिंगापुर जान लागेपछि उनको स्वास्थ्यबारेमा सर्वत्र चासो बढेको छ ।

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.