काठमाडौं बाहिर जान मान्दैनन् लगानीकर्ता

|

काठमाडौं :  लगानी आप्रवाहको हिसाबमा अहिले पनि चीनको तुलनामा भारत नै अगाडि छ। तर नेपालमा गर्ने लगानी प्रतिवद्धतामा चीनको एकाधिकार देखिएको छ। चालु आर्थिक वर्षको पहिलो महिनामा मध्यम र साना उद्योगका लागि आएको लगानी प्रतिवद्धतामा यस्तो देखिएको हो।

उद्योग विभागमा प्रतिवद्धता गरिएको उद्योग संख्या र लगानी प्रतिवद्धतालाई हेर्दा यो चीनको एकाधिकार देखिन्छ। पहिलो महिनामा २४ उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ। उद्योग संख्याको हिसाबले ९१ प्रतिशत र लगानी रकम प्रतिवद्धताको हिसावले ९५ प्रतिशत छ। प्रतिवद्धता गरेको लगानीमध्ये ४ प्रतिशत बंगलादेशको र १ प्रतिशत भारतको छ।

तीन देशको लगानी

चालु आर्थिक वर्षको पहिलो महिना उद्योग विभागमा तीन देशले उद्योग दर्ता गरेका छन्। जुनमा चीनले २२ उद्योगको लागि तीन अर्ब ६६ करोड ८० लाख रुपैयाँ लगानी प्रतिवद्धता गरेको छ।

त्यस्तै बंगलादेशले एउटा उद्योगको लागि १५ करोडको लगानी प्रतिवद्धता जनाएको छ। भारतले एक उद्योगको लागि पाँच करोडको लगानी प्रतिवद्धता जनाएको छ।

भारतीय कम्पनीले  ४० बेडको होटल र ५० सिटको रेष्टुरा संचालन गर्नको लागि पूर्ण स्वामित्वमा ५० करोड लगानी ल्याउने प्रतिवद्धता गरेको छ। उसले काठमाडौंलाई कार्यक्षेत्र मानेको छ।

त्यस्तै बंगलादेशले ग्रामेन्ट उद्योग संचालनको लागि १५ करोड रुपैयाँ लगानी भित्र्याउने प्रतिवद्धता गरेको छ। काठमाडौंलाई नै उद्योग संचालन क्षेत्र मानिएकोमा १५ करोड लागतमा एक लाख ३५ हजार पिस रेडमेड गार्मेन्ट, ३५ हजार सर्ट, १० हजार टाउजर २० हजार ट्रयाकसुट, २० हजार टिसर्ट र १० कजार कुर्ता तयार गरिने ‍अनुमान गरिएको छ।

काठमाडौं केन्द्रित उद्योग

२४ वटा उद्योगमा लगानी प्रतिवद्धता रहेकोमा २० वटाको उद्योग क्षेत्र काठमाडौंलाई तोकिएको छ। दुई वटा उद्योगको लागि ललितपुर र एउटा उद्योगको लागि काभ्रे,  एउटा उद्योगको लागि कास्की उद्योग क्षेत्र मानिएको छ।

चिनियाँ लगानीकर्ताले ललितपुरमा अन्तराष्ट्रिय क्रागो हेन्डलिङ सञ्चलनका लागि २० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरका छन्।

त्यस्तै ललितपुरमै  ४० बेडको होटल र ८० सिटको रेष्टुरा संचालनका लागि ३० करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ। कास्कीमा ३० बेडको होटल र ६० सिटको रेष्टुराका लागि पाँच करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।

कास्कीमा निर्माण सेवासम्बन्धी कम्पनी चलाउन चिनियाँ लगानीकर्ताको ६ करोड ८० लाख रुपैयँको लगानी प्रतिवद्धता आएको छ।

लगानी रकमको हिसावले १५ प्रतिशत काठमाडौं बाहिर र ८५ प्रतिशत काठमामौमा केन्द्रित प्रतिवद्धता आएको छ।  यो हिसावले काठमाडौं बाहिर ६१ करोड र काठमाडौंमा तीन अर्ब २५ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।

चीनको लगानी प्रतिवद्धता विगतदेखि बढ्दै आएको उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह बताउँछन्। ‘विशेष कुनै कारणले चीनको लगानी बढेको होइन', उनले भने, 'विगतदेखि नै चीनको प्रतिवद्धता बढ्दै आएको हो। वैदशिक लगानीमा चीन र भारत नै अघि छन् तर अहिले भारतको कम देखियो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.