|
फाइल फोटो

दार्चुला : दार्चुला जिल्ला सदरमुकाममा १६ वर्षीया किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका भए पनि उनको शव करिब ११ घण्टापछि मात्रै पोष्टमार्टमका लागि उठाइएको छ।

महाकाली नगरपालिका-४ खलंगास्थित एम स्टार रेस्टुरेन्ट एण्ड वियरवारमा बिहान साढे ९ बजेतिर छतको सरियामा झुण्डिएको अवस्थामा मृत फेला परेका मनोज कुवँरको शवलाई पोष्टमार्टमका लागि बेलुकी करिब सवा आठ बजे मात्रै लगिएको हो।

दुँहु गाउँपालिका-४ स्थायी ठेगाना भई महाकाली ४ खलंगामा मनोज आमा मिना चन्द कुवँरसँग बस्दै आएको र आमाले झपारेपछि भित्र गएका उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख सुरेन्द्र प्रसाद जोशीले बताए।

मनोजका बुबा दलबहादुर कुवँर र मिना कुवँरको करिब १० वर्षअगाडि नै सम्बन्ध विच्छेद भएको र मनोज आमासँगै बस्दै आएको उनको परिवार स्रोतले जानकारी दिएको छ। आमा मिनाले दलबहादुर कुवँरसँग सम्बन्ध विच्छेद गरी मंगलसिह धामीसँग विवाह गरेर बसेको र रेस्टुरेन्ट सञ्चालन गर्दै आएको प्रहरी स्रोतले जानकारी दिएको छ।

मनोजका बुबा दलबहादुर कुवँरले आफ्नो छोरालाई झुण्डिएको अवस्थाबाट आफूलाई नसोधी प्रहरीले निकालेको र आफूलाई मनोजले आत्महत्या नगरेको हुन सक्ने बताएपछि पोष्टमार्टमका लागि लैजाने विषयमा विवाद भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.