|

जम्मू–कश्मीर विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने पाकिस्तानले बताएकाे छ। 

पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरेसीले एक टेलिभजनकोसँगको अन्तर्वार्तामा भनेका छन्, ‘हामीले कश्मीर सम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय न्याय अदालतमा लैजाने निर्णय गरेका छौँ। यो निर्णय सबै कानुनी पक्षको विश्लेषण गरेर लिइएको हो।’

भारतले संविधानमा रहेको धारा ३७० खारेज गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा र स्वायत्तता खोसेपछि पाकिस्तान विरोधमा छ।  पाकिस्तानले यो विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएको छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको ढोका ढकढक्याएको पाकिस्तानले अब यो विषयलाई अन्तर्राष्ट्रिय न्याय अदालतमा लैजाने बताएको हो। भारतको कश्मीरमाथिको निर्णयपछि पाकिस्तानले भारतसँगको व्यापार सम्बन्ध तोडेको छ। रेलसेवा टुटाएको छ ने भारतीय राजदूतलाई फिर्ता पठाएको छ। 

कश्मीरका पूर्ण भागमा दुवै देशको दाबी रहँदै आएको छ तर विभाजित भागमा मात्रै उनीहरुको शासन रहेको छ। कश्मीरको विषयलाई लिएर भारत र पाकिस्तानबिच लामो समयदेखि विवाद छ।

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरी कश्मीर मुद्दा भारत र पाकिस्तानको द्विपक्षीय विषय रहेको बताएका छन्। उनीहरुले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.