यो आन्दोलनको पछि कुन शक्ति छ?

|

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको पक्षमा गणतन्त्र र व्यवस्थाविरोधीहरुले आन्दोलन गरिरहेको दाबी एकजना सांसदले गरेका छन्। 

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खेमकुमार विकले रविको पक्षमा भइरहेको जुलुस र प्रदर्शनका नाममा देशमा हिंसा भड्काउन खोजिएको आरोप लगाएका छन्। 

‘रवि लामिछानेसँग सम्बन्धित जुलुस, धर्ना देशका केही ठाउँमा भइरहेको छ। जसमार्फत् हिंसा भड्काउने कोशिश हुँदैछ’, उनले भने, ‘हिजै (मंगलबार) पनि काठमाडौँको माइतीघरबाट निस्केको जुलुसमा शंकास्पद पदार्थ (पेट्रोल?) भरिएका वियरका बोत्तल बोकेर हिँडेको देखेँ। त्यसपछि मैले तत्कालै प्रहरीका कमाण्डरलाई खबर गरेँ। त्यसपछि सम्भावित हिंसात्मक घटना टर्यो।’

राज्यले कानुनको सहायताले सबै नागरिकलाई छानबिन गर्न पाउने तर्क उनले गरे। ‘जिउ धनको सुरक्षा गर्ने काम पनि राज्यको हो’, उनले भने, ‘राज्यले जोसुकै नागरिकलाई पनि कानुन अनुसार नियन्त्रणमा लिएर अनुसन्धान गर्न पाउँछ। यसमा किन विरोध? के का लागि विरोध?’

अहिले कुनै न कुनै नाममा मान्छेले आत्महत्या गरिरहेको बताउँदै सरकारले अनुसन्धान गर्दा विरोध जुलुस निकालिनु बेठीक हुने उनले बताए। ‘सरकाले कानुन कार्यान्वयन गर्दा त्यसको नाममा कम्युनिष्टको विरोध गर्दै वर्तमान प्रधानमन्त्रीको पुत्ला दहनसम्म भयो’, विकले भने, ‘रविको पक्षमा भइरहेको यो आन्दोलनका पछाडि कुन शक्ति छ? यो आन्दोलन डलर खाएर भइरहेको छ। सरकारको ध्यान यसमा जानुपर्छ, यसको छानबिन हुनुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.