|
फाइल फोटो

बझाङ : बझाङ प्रहरीले भरुवा बन्दुकसहित स्थानीय एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बित्थडचिर गाउँपालिका १ भाराभिड बस्ने ४५ वर्षीय लालबहादुर बोहरा रहेको प्रहरीले जानाएको छ।

प्रहरी चौकी स्याडीबाट प्रहरी सहायक निरीक्षक धनन्जय जोशीको कमाण्डमा खटिएको हाईवे गस्ती टोलीले जयपृथ्वी राजमार्गमा उक्त बन्दुकसहित बोहरालाई पक्राउ गरेको हो। 

भिराभिडबाट नजिकैको दउलेख बजारतर्फ से३प २९५२ नम्बरको मोटरसाइकलमा सवार बोहराले काधमा बन्दुक बोकेको देखेपछि गस्तीमा गएको प्रहरी टोलीले बोहरालाई पक्राउ गरेको थियो। बोहराले चलाइरहेको मोटरसाइकल चेकजाँच गर्दा बिना ईजाजत अवैध एक वटा एक नाले भरुवा बन्दुक भेटेपछि प्रहरीले मोटरसाइकलसहित बोहरालाई जिल्ला प्रहरी कार्यालय पुर्‍याइको हो।

पक्राउ परेका बोहराउपर हात हतियार खरखजना कसूर मुद्दा दर्ता गरी बझाङ जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप अनुमती लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बोहरालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.