संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–३ सम्माटारमा भीरबाट खसेको ढुंगाले लागेर घाइते विद्यार्थीको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। बुधबार बिहान ८ बजे विद्यालय जाँदै गरेकी कक्षा १० मा अध्ययनरत मनिसा तामाङ माथिबाट खसेर खसेको ढुंगाले लागेर गम्भीर घाइते भएकी थिइन्।
तामाङलाई उपचारका लागि काठमाडौं लगिएको पावाखोला स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सुजन गुरुङले जानकारी दिए। घरभन्दा २ घण्टाको पैदल दूरीमा रहेको हिमालय माध्यमिक विद्यालय गोले चौरमा अध्ययनरत १७ वर्षीया मनिसालाई भिरमाथि बाट खसेको ढुंगाले लागेर अनुहारमा गहिरो चोट र खुट्टासमेत भाचिएको स्वास्थ्यकर्मी गुरुङले बताए।
घाइते मनिसाको जिल्लामा उपचार हुन नसक्ने अवस्था भएपछि प्रदेशसभा १ का सांसद पूर्णप्रसाद राईको पहलमा उपचारका लागि सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको स्थानीय उनले बताए। घटनास्थल सदरमुकाम खाँदबारीबाट २ दिनको पैदल दूरीमा पर्दछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।