|

धनकुटा : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अन्धोपन निवारण गर्न स्थापित नेपाल नेत्रज्योति संघले नेपाल सरकारका ९० प्रतिशत आँखा बिरामी सेवा गरेको बताएका छन्।

बुधबार धनकुटाको भेडेटारमा आयोजित नेपाल नेत्रज्योति संघ प्रदेश १ को प्रथम अधिवेश उद्घाटन गर्दै मुख्ययमन्त्री राईले नेत्रज्योति संघका विभिन्न अस्पतालबाट दिने सेवा अधिकांश नेपाली र विदेशीसमेत आउने गरेका कारण आँखा उपचारमा अब्बल रहेको बताए।

प्रदेश १ मा रहेका नेत्रज्योति संघद्वारा सञ्चालित नेपालको पूर्व क्षेत्रका अस्तपतालमा भारत, बंगलादेश, भूटान लगाएतका मुलुक नेपालमा उपचार  गर्न आउने परिस्थिति निर्माण गरेका कारण नेपाल सरकारले जस्तोसुकै सहयोग गर्न तयार भएको मन्त्री राईले बताए।

नेपालका कुल १८ आँखा अस्पताल एक सय आँखा उपचार केन्द्र प्रदेश १ मा चार अस्पताल र २१ उपचार केन्द्र मार्फत नेपलाका कुल ९० प्रतिशत मानिसको आँखा उपचारमा नेत्रज्योति संघ रहेको प्रदेश नं. १ का अध्यक्ष श्यामसुन्दर उदासले बताए।

प्रदेश १ का सबै स्थानीय तहमा अन्धोपन निवारण गर्नका लागि सेवा केन्द्र स्थापना गर्ने एवं बालबालिकाका लागि सबै विद्यालयसम्म पुगरे विद्यार्थीको आँखा परीक्षण शिविर सञ्चालन गरी चस्मा एवं औषधि वितरणसमेत गरिएको छ।

गत वर्ष प्रदेश १ का तीन लाख ३० हजार बिरामीको आँखा परीक्षण शल्यक्रिया उपचार गरिएको नेपाल नेत्रज्योति संघ धनकुटाका अध्यक्ष द्रोण गुरागाईंले बताए। यस्तै अधिवेशनले श्यामशुन्दर उदाशको अध्यक्षतामा ९ सदस्यीय नेपाल नेत्रज्याती प्रदेश १ समिति निर्विरोध निर्वाचित गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.