१८ करोड हिनामिना आरोपमा बैंक म्यानेजर पक्राउ

|

दाङ : अवैध भारतीय १५ लाख ८९ हजार ५ सय रुपैयाँसहित दाङमा पाँचजना पक्राउ परेका छन्। ५ किलोको पितलको बुद्धको मूर्तिमा सुनको जलप लगाएर बिक्री गरेर फर्किने क्रममा उनीहरू पक्राउ परेको पक्राउ जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–२ प्रेमनगर बस्ने ४२ वर्षीय शसे विक, सोही ठाउँका ३३ वर्षीया मनकुमारी खत्री, रोल्पाको त्रीवेणी गाउँपालिका–९ डरुवा बस्ने ४३ वर्षीय प्रकाश केसी, जाजरकोट बारेकोट गाउँपालिका–८ बस्ने २७ वर्षीय पूर्ण विक र तुलसीपुर उपमहानगरपालिका–५ बरुवागाउँ निनबासी २७ वर्षीया हिरा विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले बताए।

उनीहरूलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमिलियाको टोलीले पक्राउ गरेको हो। दाङ र भारतको सिमाना भैसाहीमा भारतीय नागरिकलाई सुनको बुद्धको मूर्ति भनेर बिक्री गरेर फर्किने क्रममा उनीहरू पक्राउ परेको प्रहरीले बताएको छ।

१८ करोड हिनामिना आरोपमा बैंक म्यानेजर पक्राउ

त्यसैगरी, दाङमा एक बैंक म्यानेजर १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरेका छन्। देवः विकास बैंक लिमिटेडका नारायणपुर शाखाका म्यानेजर घोराही १५ भरतपुर निवासी समिर बुढाथोकीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतमका अनुसार बैंक म्यानेजर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको देखिएको छ। यसअघि दाङमा केन्द्रीय कार्यालय रहेको बेष्टर्न डेभलपमेन्ट बैंक केहि महिनाअघि एक भएर देवः विकास बैंक बनेको थियो। उनी वेस्टर्न विकास बैंक मर्ज भएसँगै देवः विकास बैंकमा समाहित भएका थिए।

वेष्टर्न विकास बैंकमै कार्यरत भएका बेला बुढाथोकीले नक्कली ऋणी बनाएर रकम निकासा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ’नक्कली ऋणी बनाएर बैंकबाट रकम निकासा गरेको आंकलन गरिएको छ,’ उनले भने। बुढाथोकीविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान थालिएको उनले बताए। यससम्बन्धीका मुद्दा वाणिज्य इजलासले हेर्ने व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.