|

काठमाडौं : गायक सुनील गिरीको नयाँ गीत 'यात्री...' सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक गरिएको हो। गायक 'को होला त्यो मसँग आँखा जुधाउने...', 'देउराली भञ्ज्याङ् ...', 'सोल्टिनी...' लगायत दर्जनौँ गीतमार्फत नेपाली लोकपप विधामा स्थापित छन्।

गीतको शब्द, संगीत तथा भिडियोको निर्देशन गायक गिरी आफैँले गरेका हुन्। गीतको भिडियोमा सुनील, विनोद अधिकार टीकाराम पनेरु, विष्णुकान्त घिमिरेलगायतले अभिनय गरेका छन्। भिडियो योगेश दाहालले गरेका हुन् भने सम्पादन प्रवीन भट्टको रहेको छ।

जिन्दगी र यात्राका अनकन परिवेष समेटिएको गीतको छायांकन अन्नपूर्ण बेस क्याममा गरिएको छ। भिजिट नेपाल २०२०लाई प्रवर्द्धन गर्ने उद्देश्यले घान्द्रुकको बेसीदेखि पैदल यात्रा गर्दै अन्नपूर्ण बेस क्याम्पसम्मका आकर्षक प्राकृतिक छ्टा गीतमा समेटिएका छ्न्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.