समाज : सुरक्षा/अपराध

झुठा विवरण पेश गरी नागरिकता लिने दुईजना पक्राउ
SHARES

Representative Photo
भदौ ४, २०७६

    धादिङ : बेनिघाट रोराङ गाउँपालिका वडा नं १० ओप्राङका बुद्धिबहादुर प्रजा र अर्का एक जना झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

    सुकदेउ प्रजा र हिरामाया प्रजाका ५१ वर्षीय छोरा बुद्धिबहादुर प्रजाले आफ्नो सहोदर भाइ बनाएर अर्कै व्यक्तिलाई प्रेमबहादुर प्रजाको नाममा नागरिकता दिलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङले उनीहरुलाई पक्राउ गरेको हो।

    नागरिकता बनाउनका लागि अनिवार्यरुपमा वडा कार्यालयबाट त्यही वडावासी भएको सिफारिश लिनुपर्ने हुन्छ । आफू नभएका बेलामा कर्मचारीले सिफारिश बनाइदिएको र सही गर्ने बेलामा शङ्का लागेर सोध्दा स्थानीयलेसमेत बुद्धिबहादुरको भाइ हो भन्ने बताइदिएपछि आफूले नागरिकताको सिफारिश दिएको बेनिघाट रोराङ– १० का वडाध्यक्ष अम्बरबहादुर गुरुङले बताए।

    बुद्धि बहादुरसँगै पक्राउ परेका अर्का व्यक्तिको वास्तविक ठेगाना खुल्न सकेको छैन। धादिङका प्रहरी प्रमुख राजकुमार बैदरवारले भने, ‘प्रारम्भिक अनुसन्धानमा भारतीय नागरिक भन्ने कुरा आएको छ, पक्राउ परेका व्यक्तिको वास्तविक ठेगाना खुलेको छैन, हामी अनुसन्धानमै छौँ।‘ पक्राउ परेकाबाट नागरिकता र कागजात कीर्तेसम्बन्धी मुद्दामा अनुसन्धान शुरु गरिएको र यस घटनासँग जोडिएका सबै पक्षलाई अनुसन्धानको दायरामा ल्याइने उनले जानकारी दिए।

    अनुसन्धान सकिएपछि बेनिघाट रोराङ– १० का प्रेमबहादुर चेपाङको नाममा जारी भएको नागरिकता खारेज गरिने प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताए। झुक्याएर नागरिकता लिनेलाई पनि कानूनअनुसार कारबाही गरिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]