|

महोत्तरी : जिल्ला अदालत महोत्तरीका एकजना कर्मचारी एक लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले जिल्ला अदालत महोत्तरीका कर्मचारी मोहनप्रसाद यादवलाई  एक लाख ५० हजार रूपैयाँ घुससहित बुधबार पक्राउ गरेको हो ।

जिल्ला अदालत महोत्तरीका सर्वेक्षक मोहन यादवले घर नापनक्सा अनुसार नभएको भन्दै मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियारको टोली पुगेको थियो। 

आयोगको टोलीले नापी सर्वेक्षक यादवलाई सेवाग्राहीबाट घुस वापतको एक ला ५० हजार रूपैयाँ लिइसकेको अवस्थामा जलेश्वर नगरपालिका-२, खैरा चौकबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.