|

ताप्लेजुङ : एलाभेन एरोज सुनसरी ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाईनल खेलमा रेडहर्ष ईलामलाई २–० गोल अन्तरले पराजित गर्दै सुनसरी फाईनलमा प्रवेश गरेको हो। 

खेलको ४५ औँ मिनेटमा यानिक ओनाले पहिलो गोल गरेका थिए भने ९१ औँ मिनेटमा श्याम चौधरीले दोश्रो गोल गरेका थिए। पहिलो गोल गर्ने ओना दाउफिन्स क्याम्रुनका खेलाडी हुन्। ओना बुधबारको खेलको म्यान अफ दि म्याच समेत घोषित भएका छन्। उनले नगद ५ हजार प्राप्त गरे ।सुनसरीले क्यम्रुनका ३, थ्रिस्टारका २, एनआरटि, मनाङ मस्र्याङ्दी र सरस्वतीका १÷१ जना खेलाडीलाई आफ्नो टिममा सहभागी गराएको थियो। 

यु.के.एफ.सि दार्जेलिङ भारतलाई २–० गोल अन्तरले पराजित गर्दै सुनसरी सेमिफाईनलमा प्रवेश गरेको थियो। यु.के.एफ.सिविरुद्धका दुबै गोल समेत यानिक ओनाले गरेका थिए। यता फिदिम स्पोर्टिङ क्लबलाई ट्राईब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै रेडहर्ष सेमिफाईनलमा प्रवेश गरेको थियो।

बिहीबार हुने सेमिफाईनल चरणको अन्तिम खेलमा रेडस्टार झापा र डाँगीहाट मोरङबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुने छ। सदरमुकाम स्थित भानुजन माविको खेल मैदानमा भईरहेको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी भिडन्त भने भदौ ६ गते हुने छ। 

प्रतियोगिताको विजेतालाई नगद ३ लाख ११ हजार सहित ट्रफि प्रदान गरिने छ। उपबिजेतालाई १ लाख ५१ हजार नगद सहित ट्रफी दिईने छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.