|

काठमाडौं :  मेडिकल कलेजहरुले अबदेखि एमडी इन जनरल प्राक्ट्रिस (एमडिजिपी) का लागि अन्य विषयको फ्याकल्टी देखाएर पढाउन नपाउने भएका छन्।

 नेपाल मेडिकल काउन्सिलले अगामी शैक्षिक सत्रदेखि अन्य फ्याकल्टीलाई देखाएर  एमडिजिपी  सिट निर्धारण नगर्ने निर्णय गरेको हो।

यसअघि एमडी जनरल प्राक्टिस विषयमा भर्ना हुँदा अन्य विभागका फ्याकल्टी देखाएर विद्यार्थी भर्ना गरिँदै आएको थियो।

काउन्सिलका रजिष्ट्रार डा दिलिप शर्माले  अन्य विषयका फ्याकल्टीलाई देखाएर विद्यार्थी भर्ना गर्न पाउने प्रावधान काउन्सिलको गत साता बसेको बैठकले खारेज गरेको बताए।

उनले भने,‘यसअघि मेडिकल कलेजहरुले  सर्जरी, गाइनोलगायतका फ्याकल्टी देखाएर एमडीजिपी विषयमा विद्यार्थी विद्यार्थी पढाउँदै आएका थिए। अबको शैक्षिक सत्रदेखि यसलाई हामीले रोकेका हौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.