|

काठमाडौं : राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले स्थायी सरकार कर्मचारी प्रशासनलाई अस्थीर र कमजोर बनाएको आरोप लगाएका छन्।

राष्ट्रिय सभाको विहीबारको बैठकको शून्य समयमा बोल्दै उनले केही समयअघि मात्रै प्रधानमन्त्रीले मन्त्रीहरुसँग, मन्त्रीहरुले सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरेको स्मरण गराए। अधिकारीले सम्झौताको एक महिना नपुग्दै १६ जना सचिवहरुको सरुवा गरिएको भन्दै त्यसको कारणबारे सरकारसँग प्रश्न गरे।

'एक वर्षमा गर्नुपर्ने काम ती सचिवले एक महिनामा नै सम्पन्‍न गरेका हुन्  कि ? वा तीनले एक महिना भित्रै आफू असक्षम भएको प्रमाणित गरे', अधिकारीले भने, 'सम्बन्धित मन्त्रीको रोजाईमा ती परेनन् वा कार्यसम्पादन सम्झौता आफैंमा एउटा मजाक थियो ? '

राष्ट्रियसभा सदस्य बिन्दादेवी आले रानाले राजनीतिक आस्था र पहुँचको आधारमा कर्मचारी सरुवा गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.