|

काठमाडौं : संसदको काम कारबाही हेर्न दर्शकदीर्घामा चप्पल लगाएका सर्वसाधारणलाई पनि जान दिनुपर्ने माग भएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सांसद गोपालबहादुर बमले सरकारबारे संसदको शून्य समयमा उठाएका कुरा सरकारले पूरा नहुने भएकाले संसदको विषय उठाएको बताए। उनले संसदमा चप्पल र हाफपाइन्ट लगाउने सर्वसाधारणलाई प्रवेशको व्यवस्था गरिदिन सभामुखसँग आग्रह गरेका थिए।

संसदको गतिविधि हेर्न आउने व्यक्तिले चप्पल र हाफपाइन्ट लगाउन नहुने प्रचलन छ। उक्त प्रचलन अन्त्य गरेर हाफ पाइन्ट लगाएका र चप्पल लगाउने व्यक्तिले पनि संसदको गतिविधि हेर्न दिन सांसद बमले आग्रह गरेका हुन्।

बमले भने, 'नेपाली जनता गरिब छन्। सबैले जुत्ता र पाइन्ट लगाउन सक्दैनन्। त्यसकारण चप्पल लगाएका व्यक्तिलाई पनि दर्शकका रूपमा हेर्न पाउनुपर्ने व्यवस्था गरियोस्।'

संसद बैठक हेर्न आउने सर्वसाधारणले चप्पल र पाइन्ट लगाउनु पर्ने भए संसद सचिवालय व्यवस्था गरिदिन पनि आग्रह गरेका थिए।

सर्वसाधारणलाई संसद बैठक हेर्न दिन सांसद कृष्णभक्त पोखरेलले पनि आग्रह गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.