|

काठमाडौं : सरकारले आइफा अवार्डका लागि बजेट नछुट्याएको जानकारी दिएको छ । 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रालयसँग जोडिएका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्। 

‘आइफा अवार्ड तत्कालका लागि नेपालमा नहुने टुंगो भइसकेको छ। त्यहीकारण हामीले बजेट विनियोजन गरेका छैनौँ’, खतिवडाले भने, ‘अवार्डको लाभहानीबारे अहिले केही थाहा छैन। सरकारले तत्काल गर्ने सोच पनि बनाएको छैन। यो स्थगित भइसक्यो।’

अर्थको बारेमा प्रश्न उठाउने यसअघि दक्षिण कोरियाली क्रिश्चियन चर्चले नेपालमा गरेको सम्मेलनबारे सांसद प्रेम सुवालले प्रश्न उठाए। 

‘आइफा अवार्ड नेपालमा हुने नहुने के भयो?’, सुवालले भने, ‘क्रिश्चियन चर्चको जस्तै आइफा अवार्डका सहभागीलाई पनि सरकारले होली वाइन खुवाउने व्यवस्था गरोस्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.