|

गुल्मी : गुल्मी र बाग्लुङ जिल्लाको सिमाना तुरतुरेमा पहिरोले पक्की मोटरबाटो बगाएर अवरुद्ध भएको पहाडी मार्ग सुचारु भएको आयोजनाले जनाएको छ। तालको पानीले बाटो बगाउँदा १७ दिनदेखि मध्य पहाडी मार्ग पूर्ण रुपमा बन्द भएको थियो।  

सडक सुचारु भएपछि गुल्मी हुँदै बाग्लुङ-बुर्तिबाङसम्म पुग्ने सवारीका साधनहरू आवत-जावत गरेका छन्। सडक सुचारु गर्न मध्ये पहाडी मार्ग आयोजनाले २ वटा डोजर प्रयोग गरेर सडक मर्मत गरेको थियो।

गत साउन १९ गते ताल फुटेसँगै बढिघाट गाउँपालिकाको भिङगिठेअन्तर्गत मध्ये पहाडी लोकमार्ग सडकको २ सय मिटर पक्की मोटरबाटो बगाएको थियो। बाटो अवरुद्ध हुँदा तीन वटा स्थानीय तह निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, डोरपाटन नगरपालिकामा जाने सडक पूर्ण रुपमा बन्द भएको थियो।  

बैकल्पिक सडक समेत नभएको अवस्थामा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि त्यहाँका स्थानीयलाई शास्ती भएको थियो। करिव ७ घण्टा थुनिएर बनेको ताल एकैपटक नफुट्दा मोटरबाटो बाहेक बडिगाड खोलाको तटिय क्षेत्रमा अरु क्षति भएको थिएन।  

बाग्लुङ जिल्लाको बढिघाट गाउँपालिका ७ र डोरपाटन नगरपालिका १ को तुरतुरे भन्ने स्थानमा गत वर्षको भदौ २९ गते चट्टान सहितको ठूलो पहिरो खोलामा खसेर ताल बनेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.