|

बर्दिया : बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। बर्दियाको गेरुवा गाउँपालिका ४ दमपुरकी ५६ वर्षीय रामकली शाहीको बाघको आक्रमणबाट ज्यान गएको हो। 

बर्दिया राष्ट्रिय निकुञ्जनजिक रहेको सामुदायिक वनबाट आएको बाघले आक्रमण गर्दा शाहीको ज्यान गएको गेरुवा उपभोक्ता समितिका अध्यक्ष झनककुमार ढकालले जानकारी दिए। 

घर नजिकैको खेतमा घाँस काटिरहेको अवस्थामा शाहीलाई बाघले आक्रमण गरेको थियो। पाटेबाघले आक्रमण गरेपछि शाहिको घाँटी र कोखामा ठूलो चोट लागेकाले घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.