|

हेटौंडाः प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले सरकारले नीति बनाउँदा चुकेको बताएका छन्।

प्रदेश सरकार र संघीय सरकारले कानुन बनाउँदा वर्ग र समाजको अवस्थाबारे जानकारी नलिई बनाएको भन्दै नीति तयार गर्दा चुक्न परेको स्वीकार गरेका हुन्। 

बिहीबार हेटौंडामा लागुऔषध नियन्त्रण शाखा गृह मन्त्रालयको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै लागुऔषध नियन्त्रण ऐन बनाउँदा गाँजा प्रभावित क्षेत्रको तथ्यांक, उक्त क्षेत्रमा गाँजा नियन्त्रण गर्दा पर्ने प्रभावको अध्ययन नगरेको बताएका हुन्।

सरकारले तथ्यमा आधारित भएर कार्यान्वयनमा जान नसकेको समेत बताएका हुन्। उनले लागु औषध गाँजालाई 'कन्ट्रोल फार्मिङ' गर्न सक्ने समेत सम्भावना भएको बताए।

गाँजा फाँडेर लागुऔषध गाँजा नियन्त्रण गर्न नसक्ने समेत बताएका छन्। उनले गाँजा खेती गर्ने किसानलाई पनि गाँजा खेती किसान संघ बनाएर वैकिल्पक खेतीमा लैजान प्रशिक्षण दिनुपर्ने प्रस्ताव समेत गरेका थिए। उनले सरकार र सरोकारवालाई गाँजाको विषय हल्का रुपमा नलिन आग्रह गरेका थिए। 

लागु औषध नियन्त्रण शाखाका प्रमुख नारायण शर्मा दवाडीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्लाका  स्थानीय तहहरूको प्रमुख, उपप्रमुख, प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुख तथा कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीले लागुऔषधको प्रयोग र ओसार-पसार नियन्त्रणमा सरकारले विषेश योजनासहित अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.