|

भद्रपुर, (झापा) : पानीमा डुबेर एक जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। 

प्रहरी कार्यालय झापाका अनुसार बिहीबार दिउँसो हल्दीबारी गाउँपालिका १ स्थित डिम्माखुट्टी बस्ने ३२ वर्षीय सुरेश मड्डीको मृत्यु भएको हो। सोही गाउँपालिका बस्ने दुर्गा पौडेलको घरमा काम गर्ने क्रममा खेतमा जमेको पानीमा डुबी उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

उता शिवसताक्षी नगरपालिका १० सुकुम्वासी बस्ती बस्ने अन्दाजी ४३ वर्षीय साहेब सरदारलाई माइखोलाले बगाउँदा बेपत्ता भएका छन्।

माइखोला तर्ने क्रममा सरदारलाई खोलाले बगाएको थियो। उनको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.