|
फाइल फोटो

काठमाडौं : जुवातास खेल्ने वातावरण सहज बनाइदिनु भन्दै प्रहरीलाई घुस दिन खोज्ने एकजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। प्रहरी कर्मचारीलाई प्रलोभनमा पार्न खोज्ने गंगालाल श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो।

श्रेष्ठलाई प्रहरी कर्मचारीलाई ४० हजार दिन खोज्ने क्रममा महानगरीय प्रहरी परिसर भक्तपुरको कार्यालय परिसरबाट पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

उनका अनुसार सूर्यविनायक नगरपालिका-५ सल्लाघारीमा श्रेष्ठले जुवातास खेलाउँदै आएकोमा महानगरीय प्रहरी परिसर भक्तपुरले छापामारी जुवा खेल्ने र खेलाउने व्यक्तिलाई नियन्त्रणमा लिर मुद्दा चलाएको थियो।

उक्त भुद्दामा धरौटीमा छुटी पुनः जुवातास खेलाउनका लागि सहज वातावरण बनाइदनु भन्दै प्रहरी कर्मचारीलाई घुस दिन्छु भनी प्रलोभनमा पारेको उजुरीका धारामा अख्तियारले उनलाई पक्राउ गरेको प्रवक्ता कोइरालाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.