|

हेटौंडा : मकवानपुर प्रहरीले बिहीबार लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। दोलखाको वैदेश्वर गाउँपालिका–१ बस्ने १९ वर्षीय पासाङ लामालाई ईलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट खटिएको प्रहरी टोलिले भीमफेदी गाउँपालिका–६ स्थित सडक खण्डबाट पक्राउ गरेको हो।

वीरगंज तर्फबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज ५५२३ नम्बरको यात्रुबाहक सुमोबाट लामालाई लागुऔषध फेनारगन ५० एम्पुल, नुफिन ५० एम्पुल, डाइजेल्याब ५० एम्पुलसहित पक्राउ गरेको हो। लामामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.