|
फाइल फाेटाे

काठमाडौं : 'सम्बन्धित विषयमा निर्णय गर्दा मन्त्रीको राय लिन पर्छ कि पर्दैन?' औद्योगिक व्यवसाय विधेयकमा दफावार छलफलका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव यसरी आक्रोशित भए। यसअघि मन्त्रीसँग गरिने छलफलमा पत्रकारलाई नराख्न समितिलाई सुझाव दिएका मन्त्री यादवले बिहीबार समितिमा आफ्नो अस्तित्वकै विषयलाई लिएर प्रश्‍न उठाएका हुन्। 

यसअघि भदौ २ गते समितिको बैठकमा आफू आउन नभ्याउने जानकारीसहित पत्र पठाए पनि उक्त दिन समितिको बैठक बसेको भन्दै मन्त्रीले गम्भीर आपत्ति जनाए। समिति सभापति विमल श्रीवास्तवले बैठक सुरु गर्नेबित्तिकै मन्त्री यादवले मन्त्रीको उपस्थिति आवश्यक छ कि छैन भन्ने प्रश्न उठाएका थिए।

त्यसपछि सभापति श्रीवास्तवले समितिको पनि आफ्नो क्षेत्राधिकार रहेको भन्दै  छलफल वा राय लिन बोलाउने गरिए पनि निर्णय गर्दा मन्त्री नै आवश्यक नपर्ने बताए। ‘मन्त्रीलाई राखेर निर्णय गर्ने होइन। राय सबैको लिने हो, तर निर्णय गर्दा मन्त्रीलाई नै राख्नुपर्छ भन्ने बाध्यता छैन’ समिति सभापतिले भने।

त्यसपछि मन्त्री यादवले बस्नुको औचित्य देखेनन्। 'आवश्यकता छैन भने म जान्छु, आवश्यक छैन भने आउँदिन, हाउसमा पनि यो कुरा उठाउँछु। म हिँडेँ,’ अनि समितिका सदस्यहरू बोल्न थालेका थिए। यादवलाई सांसदहरूले हाम्रो कुरा पनि सुन्नुस् भन्दै रोके। 

‘मन्त्री नभए पनि हुन्छ भन्ने नबुझौं, निर्णय गर्दा मन्त्री हुनुपर्छ भन्ने बुझाई हो। त्यसैले मन्त्रीलाई बोलाएका हौँ,' नेकाप सांसद देवेन्द्र पौडेलले भने। कांग्रेस सांसद प्रकाश रसाईलीले मन्त्रालयको सचिव आउँदा सरकारको प्रतिनिधि भनेर बुझ्ने गरेको बताए।

तर सभापति श्रीवास्तवले बिहीबार १ बजे संसद बैठक पनि रहेकाले छलफलका लागि समय अपुग हुने भन्दै शुक्रबारसम्मका लागि बैठक स्थगित गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.