|

कास्की : नेपाली कांग्रेसले उपनिर्वाचनको तयारी थालेको छ।

कांग्रेसले मुख्यगरी प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको तयारी थालेको हो। उसले कास्की निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि प्रतिनिधिसमेत खटाएको छ।

कांग्रेस जिल्ला कार्यसमिति कास्कीको बिहीबार बसेको बैठकले निर्वाचनका लागि प्रतिनिधि खटाएको हो। उपनिर्वाचनमा पार्टीलाई शसक्त र प्रभावकारी बनाएर परिचालन गर्न निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका–११ मा प्रतिनिधि खटाइएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए।

पोखरा महानगरपालिका–१७ मा सभापति कृष्ण केसी, २० मा उपसभापति आइबहादुर गुरुङ, ११ मा सचिव सुदीपमोहन भट्टराई, २१ मा सचिव देवेन्द्र रानाभाट, ४ मा कोषाध्यक्ष लक्ष्मी पाण्डे र पोखरा–७ मा सहसचिव रङ्गिला आचार्यलाई उपनिर्वाचन प्रतिनिधि तोकिएको छ।

यस्तै पोखरा–१५ मा क्षेत्रीय सभापति पोषनाथ शर्मा, ९ मा क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला, १६ मा क्षेत्रीय सभापति विजयराज आचार्य, ८ मा महानगर सभापति बजिरमान श्रेष्ठ र ३३ मा महानगर सहसभापति राजेन्द्रमणि लामिछानेलाई पनि उपनिर्वाचन प्रतिनिधि तोकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.