काठमाडौं : नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८३१ जनाको दरखास्त माग गरेको छ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले ठूलो संख्यामा दरखास्त मागेको हो।
जसअनुसार प्रहरी जवान पदमा ३ हजार ५९६ जना माग गरिएको छ। १९० जना भान्छे मागेको छ भने हजाम पदमा १० जनाको माग छ। त्यस्तै कुचिकार २० जनाको पद आह्वान हुँदा २५ जना खेलाडी पदमा विज्ञापनि खुलाइएको छ। खेलाडीका लागि भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मात्र दरखास्त दिन सकिने छ।
हेर्नुहाेस विज्ञापन
तपाईंको ईमेल गोप्य राखिनेछ ।