पर्सा : स्रोत नखुलेको दुई लाख ५० हजार भारतीय रुपैयाँसहित भारत जाँदै गरेका भारतीय नागरिक वीरगंजमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत, बिहारका बैशाली थाना लालगञ्जपोष्ट खन्जाहा चौकका ३६ वर्षीय मिथिलेश कुमार रहेका छन्। उनलाई वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेट नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जनाकारी दिए।
पक्राउ परेका मिथिलेशलाई थप अनुसन्धानका लागि बाराको पथलैयामा रहेको राजस्व अनुसन्धान कार्यालय पठाइएको प्रहरी नायब उपरिक्षक शर्माको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।