|

धनगढी : बाजुराको बडी मालिका नगरपालिकाका ५ जना वडाध्यक्षले समितिमा नबस्ने भन्दै सामूहिक राजीनामा पेस गरेका छन्।

बहुमतको दम्भ देखाएर विधि विपरीत एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने गरेको भन्दै नेकपाबाट निर्वाचित भएका पाँच जना वडा अध्यक्षले सामूहिक राजीनामा पेस गरेका हुन्। 

वडा नम्बर २ का अध्यक्ष डम्बरबहादुर महतले नगर शिक्षा समिति सदस्यबाट राजीनामा दिएका छन्। वडा नम्बर ३ का अध्यक्ष वीरबहादुर रावलले  रोजगार निर्देशक समिति सदस्य, वडा नम्बर ४ का अध्यक्ष सुरेन्द्र नाथले नगर स्तरीय ऊर्जा तथा वातावरण समिति सदस्य, वडा नम्बर ७ का अध्यक्ष धर्मराज पाध्याले श्रोत अनुमान तथा सीमा निर्धारण समिति सदस्य र वडा नम्बर ९ अध्यक्ष विनोदकुमार वि.कले राजस्व परामर्श समिति सदस्यबाट रानजिनामा दिएका हुन्। उनीहरूले नगरप्रमुखलाई ध्यानाकर्षण गराउँदै राजीनामा दिएका हुन्।

स्थानीय तहको विधि विपरीत नगर प्रमुख उपप्रमुखसहितले एकलौटी निर्णय गर्ने गरेको र पदीय जिम्मेवारी नै बेवास्ता गर्ने गरेकोले राजीनामा दिएको ९ का वडा अध्यक्ष विनोदकुमार विकले बताए।

नगरप्रमुख पदम बडूवालले भने आफूहरूलाई लगाइएको आरोप निराधार रहेको बताएका छन्। ‘मैले जे गरेको छु कानुन बमोजिम गरेको छु’ उनले भने, ‘कानुन भन्दा बाहिर गएर केही काम गरेको भए कारबाही भोग्न तयार छु।’ नगरप्रमुख बडूवालले रानीजामा आफूलाई दिन आवश्यक नरहेको बताए। ‘उहाँहरूले राजीनमा कार्यपालिकामा बुझाउनु पर्ने हो’ नगरप्रमुख बडूवालले भने, ‘मलाई बुझाउनु भएको छ। म कार्यपालिका बैठकमा राख्छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.