|

बैतडी : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका एक कार्यकर्ता कारागार चलान भएका छन्। पुर्चौडी नगरपालिका–३ सल्लेवनका ४६ वर्षीय नैनसिंह धामी २५ हजार धरौटी तिर्न नसकेर कारागार चलान भएका हुुन्।

गत साउन १९ मा घरबाटै पक्राउ परेका धामीलाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको थियो। धामी विप्लव समूहका गाउँ कमिटि सदस्य रहेका थिए। उनले साउन १५ राति पुर्चौडीको कुँडीधारमा रहेको एनसेलको टावरमा आगजनी र तोडफोडका साथै तालाबन्दी र चन्दा असुलीमा समेत संलग्न रहेको आरोप लागेको थियो।

यसका साथै  गत असार २३ मा पाटन नगरपालिका–१० हतास घर भई विप्लवको युवा विद्यार्थी संगठनका केन्द्रीय सदस्य श्यामप्रसाद भट्टविरुद्ध पनि  सार्वजनिक हित विपरीतको  मुद्दा चलाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.