समाज

एक वर्षमा चार हजार ८० जनाले लिए प्रेस पास
SHARES

भदौ ६, २०७६

    काठमाडौं : एक वर्षमा देशभरका चार हजार ८० पत्रकारले ‘प्रेस पास’ लिएका छन्। सूचना तथा प्रसारण विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा देशभरका विभिन्न स्थानबाट उक्त सङ्ख्यामा पत्रकारले ‘प्रेस पास’ लिएका हुन्।

    प्रेस पास लिएकामध्ये एक हजार २०७ नयाँ, दुई हजार ७६० नवीकरण, १० स्वतन्त्र, १९ विदेशी, ७५ अध्यक्ष तथा प्रकाशक र ९ अन्य रहेका छन्। नयाँ आर्थिक वर्ष शुरु भएसँगै नयाँ ‘प्रेस पास’ दिने तथा नवीकरण गरिने भएकाले साउन, भदौ र असोज महीनामा धेरै ‘प्रेस पास’ वितरण हुने गरेको छ। 

    विभागले पोखरा, हेटौँडा, विराटनगर, धनगढी र नेपालगञ्ज सञ्चार केन्द्रबाट प्रेस पास नवीकरण गर्न पाइने व्यवस्था गरेको छ। यस्तै नयाँ लिनका लागि भने विभागमा जानुपर्ने वा घुम्ती शिविर सञ्चालन भएको बेला लिने पाइने व्यवस्था गरिएको छ।

    विभागले कोही पनि श्रमजीवी पत्रकार ‘प्रेस पास’ लिनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले प्रत्येक वर्ष उपत्यका बाहिर विभिन्न जिल्लाका सात स्थानमा घुम्ती शिविर सञ्चालन गरेर प्रेस पास उपलब्ध गराउँदै आएको छ। बढी पत्रकार हुने ठाउँमा विभागको टोली पुगेर आवश्यक प्रक्रिया पूरा गरेका पत्रकारलाई ‘प्रेस पास’ वितरण गर्दै आएको हो।

    विभागका सूचना अधिकारी सुमन बज्राचार्य अधिकांश पत्रकारहरुले ‘प्रेस पास’ लिने गरे पनि नवीकरण गर्न नआउने समस्या देखिने गरेको बताउनुहुन्छ। “एक वर्षका लागि प्रेस पास दिने भएकाले प्रत्येक वर्ष नवीकरण गर्न विभाग वा सञ्चार केन्द्रमा आउनुपर्नेमा अधिकांश पत्रकारहरुले नवीकरण गर्न नआउने गरेका छन्”, उनले भने।

    पटक–पटक सञ्चारमाध्यम फेरिराख्ने प्रक्रियाका कारण पनि ‘प्रेस पास’ नवीकरणका लागि समस्या पर्ने गरेको उनको भनाइ छ। विभागले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिक, सम्बन्धित सञ्चारमाध्यामको निवेदन र नियुक्तिपत्रका आधारमा ‘प्रेस पास’ उपलब्ध गराउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]