|

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को एक दिवसीय क्रिकेटको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ। आइसिसीले बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६ औँ स्थानमा पुगेको हो।

नेपाललाई पछि पार्दै ओमन १५ औँ स्थानमा पुगेको हो। नयाँ वरीयताअनुसार नेपालले ८ खेलबाट १९ रेटिङ पाएको छ।  यसअघि ओमन वरीयताको शीर्ष १७ भित्र अटाउन सकेको थिएन। आइसिसी क्रिकेट वर्ल्डकप लिग डिभिजन २ मा ४ मध्ये ३ खेल मा जित निकाल्दै ओमनले १५ औँ वरीयता सुरक्षित गरेको हो।

उसले ८ खेलबाट १७४ रेटिङ पाएको छ। गत अप्रिलमा एक दिवसीय मान्यता पाएको ओमन आफ्नो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नामिवियासँग १४५ रनको फराकिलो अन्तरले पराजित भएको थियो। एकदिवसीय मान्यता पाएपछि २ वटा सिरीज खेलेको नेपालले पछिल्लो छ महिनामा कुनै पनि एकदिवसीय प्रतियोगिता खेलेको छैन।

उसले अन्तिम पटक गत फ्रेव्रुअरीमा संयुक्त अरब इमिरेट्सविरुद्धको तीन खेलको एकदिवसीय सिरिज २–१ ले जितेको थियो।  एकदिवसीय वरियतामा नेपालभन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन्।

विश्व वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोश्रोमा भारत, तेश्रोमा न्युजिल्यान्ड र चौथो स्थानमा अष्ट्रेलिया रहेका छन्। एकदिवसीय खेलाडी वरीयतामा नेपालका कुनै पनि खेलाडीले शीर्ष १०० भित्र स्थान बनाउन सकेका छैनन। टी–ट्वान्टी वरीयतामा भने नेपाल ११ औं स्थानमा यथावत रहेको छ।

नेपालले १४ खेलमा २०१ रेटिङ पाएको छ। टी-ट्वान्टी वरीयतामा नेपालभन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन। टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका रहेका छन। यस्तै चौंथो स्थानमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.