डडेल्धुरा : डडेल्धुरा सदरमुकाम बागबजारबाट पाँच किलोमिटरको दूरीमा व्यवस्थित बसपार्क बनाइने भनी निर्माणको काम सुरु गरिएको ‘डकले बस पार्क’ काम सुरु भएको चार वर्षसम्म पनि बन्न सकिएको छैन।
६० लाखको रकममा काम सुरु गरिएको बसपार्क निर्माणको काम अहिले अलपत्र परेको छ। आर्थिक अभावका कारण डडेल्धुराको अमरगढी नगरपालिका–८ डकलेमा निर्माण सुरु थालिएको बस पार्कको अहिले अन्यौलमा परहेको हो।
जिल्ला सदरमुकाम बागबजारमा रहेको बस पार्कको विकल्पका रूपमा निर्माण भइरहेको डकले बसपार्कको निर्माण नहुँदा यातायातका सवारी साधन पार्किङ गन निकै समस्या छ। डकलेमा निर्माणधीन रहेको बसपार्क अहिले अलपत्र अवस्था रहेको छ।
सवारी साधनको चाप दिनानुदिन बढ्दै गए पनि सदरमुकामको बागबजारमा रहेको बसपार्कको विकल्पका रूपमा चार वर्ष पहिले निर्माण सुरु गरिएको डकले बसपार्क आर्थिक अभावमा अलपत्र परेको हो।
अमरगढी नगरापलिका-८ को डकलेमा निर्माणाधीन बसपार्कको निर्माण स्थलमा केही पर्खाल लगाइएको छ भने थोरै जमिन सम्याउने काम मात्रै गरिएको छ। बसपार्क निर्माणका लागि आर्थिक वर्ष २०७३/०७४ साविकको सहरी विकास तथा भवन डिभिजन कार्यालय राजपुर डोटीको ६० लाख रुपैयाँ खर्च भइसकेको छ।
निर्माण सुरुवातको समयमा रकम बराबरको जमिन सम्याउने र पर्खाल लगाउने गरी काम थालिएको निर्माणको जिम्मा पाएको भट्राई निर्माणका सेवाका केशव भट्टराईले जानकारी दिए।
क्रमागत रूपमा बजेट आउने गरी सुरुवातमा सामुदायिक वनले दिएको जमिन सम्याउने र पर्खाल लगाउने गरी ठेक्का सम्झौता भएको र उपलब्ध रकमअनुसार काम भएको उनको भनाइ छ। ‘६० लाख रकममा झण्डै ४७ प्रतिशत बेलोमा बसपार्कका लागि जमिन सम्याउने र पर्खाल लगाउने गरी ठेक्का सदर भएको हो’ उनले भने, ‘त्यो अनुसारको काम गरि सक्नु पर्ने समय ठेक्का सम्झौताअनुसार भयो। त्यस पछिका वर्षमा संघ र प्रदेश सरकारबाट बसपार्क निर्माणका लागि बजेट नै नआएपछि काम हुन सकेन।’
बजारमा रहेको बस पार्कको क्षमता आफैँमा कम रहेकाले जिल्लाकै प्रमुख बसपार्कका रूपमा डकलेमा ३८ रोपनी क्षेत्रफलमा निर्माण कार्य सुरु गरिएको थियो। आर्थिक अभावका कारण बसपार्क निर्माण कार्यलाई अगाडि बढाउन नसकिएको अमरगढी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष नरबहादुर साँकीले जानकारी दिए।
जिल्ला सदरमुकाम बागबजारमा रहेको बसपार्कमा यातायातका सवारी साधन पार्किङ गर्न समस्या भइरहेका यहाँका यातायात व्यवसायी बताउँछन्। साघुरो बजरा क्षेत्रमै सानो बसपार्क बनाइएकाले गाडी पार्किङ गर्न निकै सास्ति हुनुका साथै दुर्घटनाको जोखिम रहेको सवारी चालनक राजु कैनीले सुनाए।
सडकमै यातायातका सवारी साधन पार्किङ
बागबजारमा रहेको बसपार्क यातायातका सवारी साधनको तुलनामा सानो भएपछि सडकमै यातायातका सवारी साधन पार्किङ गर्ने गरिएको छ। यातायातका सवारी साधन सडकमा पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको छ।
सदरमुकाम बागजारमा रहेको बसपार्कमा दैनिक तीन सयभन्दा बढी यातायातका सवारी साधान भित्रिने बाहिरिने गर्दछन्। पर्याप्त गाडी पार्किङको व्यवस्था नहुँदा दुर्घटनाको जोखिम उच्च रहेको यातायात व्यवसायीको भनाइ छ।
बसपार्क निर्माणका लागि शहरी विकास तथा भवन निर्माण कार्यालय डोटी बाट ६० लाख विनियोजन भएको थियो। आर्थिक वर्ष २०७३/०७४ को अन्तिमा निर्माण व्यवसायीसँग सम्झौता गरी निर्माणको काम सुरुवात भएपनि पछिल्ला आर्थिक वर्षमा बजेट विनियोन हुन नसक्दा निर्माण कार्य प्रभावित बनेको हो। बसपार्कको काम रोकिदा स्थानीयबासी निरास बनेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।