|

बैतडी : भदौ महिनाको पहिलो साता सकिनै लाग्दा समेत बैतडीमा अझै चार प्रतिशत रोपाइँ गर्न बाँकी रहेको छ। कृषि ज्ञान केन्द्र बैतडीका अनुसार रोपाइँ हुने स्थानमा ९६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ। 

वर्षमा तीन खेती गर्ने स्थानमा मात्रै रोपाइँ गर्न बाँकी रहेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए। जिल्लाको महाकाली नदी किनार र चमेलिया किनार बेसी क्षेत्रमा रोपाइँ गर्न बाँकी रहेको उनले बताए।

उक्त क्षेत्रमा बर्षमा तीन खेती गरिने भएकोेले ढिला गरी रोपाइँ हुने गरेको हो। रोपाइँ गर्न बाँकी रहेका बेसी क्षेत्रमा भदौ तेस्रो हप्तासम्म भइसक्ने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ।  

बैतडीमा पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न स्थान, दशरथचन्द नगरपालिकाको सेरालाई धानखेतीको पकेट क्षेत्र हुन्। 

बैतडीमा ९ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। १० हजार हेक्टर क्षेत्रफल जमिनमा सिँचाई सुविधा रहेको भए पनि त्यसमध्ये करिव ७ हजार हेक्टर क्षेत्रफल जमिनमा मात्रै धान खेतीका लागी सिँचाई सुविधा रहेको छ। अन्य ३ हजार हेक्टर क्षेत्रफल सिँचाई सुविधा रहेको जमिनमा तरकारी खेती तथा अन्य खेतीका साथै आकाशे पानीको भरमा रोपाइँ गरिँदै आएको छ। 

धानबालीलाई बैतडीको मकैपछिको दोस्रो मुख्य खाद्यवालीको रुपमा लिइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.