|

दाङ : दाङमा जारी मुख्यमन्त्री कप प्रदेश ५ लिग फुटबल प्रतियोगितामा शुक्रबार भएका खेलमा बाँके र बर्दिया विजयी भएका छन्। 

प्रतियोगिता शुक्रबार भएको पहिलो खेलमा रोल्पाको फुटबल टिमलाई शून्यका विरुद्ध तीन गोल गर्दै बर्दिया जिल्लाको फुटबल टिम बिजयी भएको हो। बर्दियाको जितका लागि जर्सी नम्बर १३ का खेलाडी प्रकाश बिसीले २३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

त्यस्तै, पहिलो हाफको ४३ औं मिनेटमा रोल्पाका खेलाडी प्रदीप डिसीको आत्मघाती गोल गरेपछि रोल्पा २–० अन्तरले पछि परेको थियो। त्यसैगरी दोस्रो हाफको ६० औं मिनेटमा बर्दियाका जर्सी नम्बर ११ का मिलन थारुले गोल गरेका थिए। उनको गोलसँगै बर्दिया ३–० को अन्तरले विजयी भएको हो ।

प्रतियोगिताको दोस्रो खेलमा बाँके जिल्लाको फुटबल टिम विजयी भएको छ। बाँके र रुपन्देही जिल्लाको फुटबल टिमबीच भएको खेलमा शून्यका विरुद्ध १ गोलले बाँके विजयी भएको हो। बाँकेले पहिलो हाफको २५ औँ मिनेटमा पाएको पेनाल्टीमा जर्सी नम्बर १२ का खेलाडी यमबहादुर बुढाथोकीले गोल गरेका थिए। 

भदौ १२ सम्म चल्ने प्रतियोगिताको विजयी टिमले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.