|

दाङ: संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष महेश खड्काले आफूहरूले वर्षौसम्म मेहनत गरेर सिर्जना गरेको गीत संगीतको उचित मूल्य पाउन नसकेको गुनासो गरे।

शनिबार दाङको तुलसीपुरमा आयोजना गरिएको प्रतिलिपि अधिकार तथा संगीत व्यवस्थापन विषयक अन्तर्किया कार्यक्रम बोल्दै उनले संगीतकार तथा स्रष्टाले सिर्जना गरेको गीत संगीतको फाइदा अरुले लिएको भन्दै जसले सिर्जना गरेको उनीहरूले त्यसको मूल्य नपाएको गुनासो गरे। उनले प्रतिलिपि अधिकार ऐन २०५९ ले व्यवस्था गरे अनुसार गीतसंगीत प्रयोग गरेबापत रोयल्टी तिनुपर्ने बताए।

आफुहरूले सिर्जना गरेको संगीतको फाइदा अरुले लिने गरेको बताउदै आफूहरू यसबाट ठगिनु परेको उनको भनाई छ। १५ सय बढी गीतमा संगीत दिएका संगीत रोयल्टी संकलन समजाका केन्द्रीय अध्यक्ष खड्काले परिवारका लागि आवश्यक आर्थिक भार ब्यय गर्न गाह्राे भइरहेको बताए।

शौचालयमा १० रुपैयाँ तिरेर प्रयोग गर्ने ब्यक्तिले संगीत सुन्दा पनि सुने बापतको कर तिर्नुपर्छ भन्ने जानकारी अझै नभएको बताए।

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय र संगीत रोयल्टी संकलन समाजको आयोजनामा गरिएको उक्त कार्यक्रममा रेडियो, टेलिभिजन, इन्टरनेट, यातायात क्षेत्र, लाइभ कन्सर्ट, होटल रिसोर्ट, प्रदर्शनी, केवल नेटवर्क, दोहोरी डान्स, गजल र सोही प्रकृतिका रेष्टुरेन्ट, डिजिटल मिडिया, सिआरबिटी, वायुसेवा, बिमानस्थल, फनपार्क, चलचित्र, चलचित्र हल, पार्टी प्यालेस लगायत ४० वटा रोयल्टी उठाउने क्षेत्रको पहिचान भएको जानकारी गराइएको थियो।

बार्षिक रुपमा यातायात ब्यवस्था कार्यालयमा दर्ता तथा नविकरण गर्दा ६ पाङग्रे ठुला वसले २ हजार, ४ पाङग्रे मझौला बस, मिनीबसले १४ सय, ट्रक, ट्यांकर, टिप्परले १२ सय, ४ पाङग्रे ट्याक्सी, माइक्रो, मिनि ट्रकले १ हजार, पिकअफले ९ सय र ३ पाङ्ग्रे टेम्पोले ८ सय रुपैयाँ गीत संगीत बजाए वा सुनाएबापत रोयल्टी बापत बुझाउनु पर्ने ब्यवस्था भएको जानकारी गराइएको थियो।

त्यसैगरी कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले रोयल्टी सम्बन्धी ऐन २०५९ मा बनिसकेको भए पनि यसको कार्यान्वयन पक्ष भने अझै प्रभावकारी हुन नसकेको बताए। उनले रोयल्टी बुझाउने सन्दर्भलाई जोडतोडका साथ उठाइए पनि बुझाउने निकायको बारेमा आम नगारिकलाई जानकारी हुनुपर्ने सुझाब दिए।

प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार महेश आचार्यले प्रतिलिपि अधिकार बौद्धिक सम्पत्ति अधिकरको संरक्षणसँग सम्बन्धित विषयमा प्रस्तुती गरेका थिए। उनले प्रतिलिपि अधिकारअन्तर्गत नैतिक अधिकार र आर्थिक अधिकारका बारेमा जानकारी गराए।

सोही अवसरमा यातायात ब्यवस्था कार्यालय राप्ती तुलसीपुरका नायव सुब्बा रेश्मी अधिकारीले २०७६ असार १९ गतेसम्म भालुवाङ स्थित कार्यालयबाट ५ लाख १८ हजार ८ सय र तुलसीपुरस्थित कार्यालयबाटएक लाख १५ हजार ९ सय रोयल्टी संकलन भएको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.