|

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त अरब ईमिरेट्स (युएई) को सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ जायेद’ बाट शनिबार सम्मानित गरिएको छ। यो सम्मान पाउने उनी भारतका पहिलो प्रधानमन्त्री हुन्।

युएईमा उच्चस्तरीय भेटवार्तापछि शनिबार मोदीलाई उक्त सम्मानले सम्मानित गरिएको थियो। यो सम्मान विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूलाई युएई सरकारले प्रदान गर्ने प्रतिष्ठित सम्मान हो।

युएईका संस्थापक शेख जायेद विन सुल्तान अल नहयानको नाममा स्थापना गरिएको उक्त सम्मानबाट सन् २००७ मा रुसका राष्ट्रपति भल्लादिमिर पुटिन, सन् २०१६ मा बेलायती महारानी एलिजावेथ र सन् २०१८ मा चिनियाँ राष्ट्रपति सि चिनफिङ सम्मानित भइसकेका छन्।

सम्मानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम गत अप्रिलमा चयन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.