|

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड अप्रत्यासित हारको सिकार हुँदा चेल्सीले संघर्षपूर्ण जित निकालेकाे छ। युनाईटेडविरुद्ध क्रिस्टल प्यालेसले अक्तिरित्त समयमा गरेको गोल निर्णायक हुँदा युनाईटेड स्तब्ध बन्यो। युनाईटेडको घरेलु मैदानमा क्रिस्टल प्यालेसले १९८९ पछि पहिलो जित आत्मासाथ गर्न सफल रह्यो।

अक्तिरिक्त समयको तेस्रो मिनेटमा प्याट्रिक भान अनहोल्टले काउन्टर याट्याकमा सुन्तर गोल गरेपछि युनाईटेड स्तब्ध बन्यो। त्यसअघि खेलको सुरुवाती अग्रता पनि क्रिस्टल प्यालेसले लिएको थियो। प्यालेसले जोर्डन अविले ३२ औं मिनेटमा प्यालेसका लागि पहिलो गोल गरे।

खेलमा फर्कने क्रममा निर्धारित समयको एक मिनेट बाँकी रहँदा जेम्सले बराबरी गोल फर्काए।  खेलकाे अक्तिरिक्त समयमा युनाईटेड गुमाउन बाध्य भयो। त्यसअघि मार्कुस रासफोर्डले पेनल्टीको मौका चुकाएका थिए। उनले गरेको पेनल्टी प्रहार पोलमा लागेर बाहिरिंदा युनाईटेड समर्थक निरास बनेका थिए।

तमिमको दुई गोलमा चेल्सीलाई राहत

तमिम अब्राहमले दुई गोल गरेपछि फ्रान्क लाम्पार्डको चेल्सीले इंग्लिस प्रिमियर लिगमा पहिलो जित निकालेको छ। नर्विचविरुद्ध पहिलो जित निकाल्न क्रममा चेल्सीले २–१ ले खेल जित्यो। उत्कृष्ट सुरुवात दिने क्रममा अब्राहमले तीन मिनेट भित्रै गोल गरे। चेल्सीको सुरुवाती ११ मा १९९४ पछि सर्वाधिक युवा खेलाडीका रुपमा स्थान बनाएर गोल गर्न इब्राहीम सफल भए । उनी २४ वर्ष २०८ दिनका छन्। तर नर्विचले सनसनिपुर्ण पुनरागमन गर्ने क्रममा १५६ सेकेन्ड पछिनै गोल गर्‍यो।

टिमु पुकीको क्रसलाई टोड कान्टवेलले पोस्टको दिसा दिएपछि नर्विच खेलमा बराबरी गर्न सफल रह्यो। तर मसन मोउटले चेल्सीलाई लगतै अग्रता दिलाउन सफल भए। उनले १७ औं मिनेटमा गोल गरे। तर फेरि चेल्सीविरुद्ध खेलमा फर्कने क्रममा पुकीले ३० औं मिनेटमा नर्विचका लागि बराबरी गोल गरे। पहिलो हाफमा २–२ गोलको बराबरी भएको खेलमा अब्राहमले ६८ औं मिनेटमा गरेको तेस्रो गोल लाम्पार्डको संकट टार्न पर्याप्त बनेको थियो। त्यसपछि दुबैले खेलमा थप गोल गर्न असफल भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.